एड्सबाट मृत्यु भएका मानिसको सम्झनामा दिप प्रज्वलन
- मंसिर १५, २०८१
- 0
माइती नेपालले एचआईभी एड्सका कारण मृत्यु भएका मानिसको सम्झनामा दिप प्रज्वलन गरेको छ ।
शनिबार गौशाला प्रहरी चौकी अगाडि उनीहरुले उक्त दिप प्रज्वलन गरेका हुन् ।
सोही क्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले एड्स दिवसलाई खासै मान्छेहरुले मान्यता नदिएको भन्दै त्यसैको सन्दर्भमा दिप प्रज्वलन गरेको बताईन् ।
यस्तै, उनले माइती नेपालले ३० वर्षदेखि यो काम गर्दै आएको पनि बताईन् ।
उनले भनिन्, ‘भोली एड्स दिवस हो, त्यसको लागि भनेको हामीले यो दिप प्रज्वलन गरेका हौं । हामीले यो ३० वर्षदेखि गर्दै आएका छौ । जो जो यो एड्सको रोग लागेर बित्नु भयो उहाँहरुको सम्झनामा हामीले यो दिप प्रज्वलन गरिरहेका छौ । एड्स दिवसलाई खासै मान्छेहरुले मान्यता दिएको जस्तो लाग्दैँन् । धेरै यो रोगबाट अझै पीडित छन् ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







