सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेल
- मंसिर १३, २०८१
- 0
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउने बताएका छन् ।
बिहीबार नेशनल जोइन्ट एनियुएल रिभ्यु २०२४ को समारोहमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति, उपकरण, सबैको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।
उनले भने, ‘कोशी अस्पतालमा धेरै बिरामीभए भने बिपी कोइराला अस्पताल धरानमा पुर्याउने व्यवस्था आपसी समझदारी र समयमै हुनुपर्छ । यस्तो किसिमको प्रणाली विकास गर्नको निम्ती म अनुरोध गर्न चाहन्छु । हामीले अरु स्वास्थ्य संस्था गेटा मेडिकल कलेज बनाउने गरी सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउन खोजिरहेका छौं ।’
साथै उनले आपसमा समन्वय गरेर उपचार प्रणालिलाई व्यवस्थित गर्न र सिमित स्रोत साधनभित्र प्रभावकारीता बढाउन समेत आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रका कर्मचारिहरुले व्यवसायीक रुपमा नहेरी सेवा प्रदान गर्ने दृष्टिकोणबाट काम गर्न समेत अनुरोध गरे ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







