चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै
- मंसिर ९, २०८१
- 0
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै छ ।
आइतबार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा ९ वटा एजेन्डामा छलफल हुने छ ।
कार्यसूचि अनुसार आयोगका एक उच्च कर्मचारीका अनुसार बैठकमा आर्थिक वर्ष २०८०/८१ को कार्यप्रगति समीक्षादेखि शिक्षण संस्था गाभ्ने कार्यविधिसम्मका विषयमा छलफल हुने छ । त्यस्तै आयोगको लोगो स्वीकृति, प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन र आगामी आर्थिक वर्षको बजेट संशोधनबारे पनि छलफल हुने कार्यसूचीमा छ।
बैठकमा छात्रवृत्ति सञ्चालन खर्चको मापदण्ड, शिक्षण संस्थाको स्वामित्व हस्तान्तरण र छात्रवृत्तिमा अध्ययन गरी बीचैमा पढाइ छाडेका विद्यार्थीका विषयमा समेत छलफल हुने कार्यसूचीमा उल्लेख छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







