रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
- मंसिर ७, २०८१
- 0
चितवनको साहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी गरिएको छ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले आज उनीसहित १० जनाविरुद्ध पक्राउका लागि प्रहरीलाईअनुमति दिएका हुन ।
पक्राउ पुर्जी जारी भएकामा रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जना छन् । उनीहरूविरुद्ध केही दिनअघि मात्रै जाहेरी परेको र सोही आधारमा जाहेरी परेका सबैविरुद्ध पक्राउ पुर्जी जारी भएको चितवन प्रहरीले जनाएको छ।
चितवनको साहारा सहकारीका २४ जना सदस्यले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए। साहाराबाट गोर्खा मिडियासहित ५ वटा कम्पनीमा रकम गएको पाइएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







