रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने
- मंसिर २, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी नदिने भएको छ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता चलिरहेको छ।
रास्वपाले मेयर र दुइटै वडाध्यक्षमा उम्मेदवारी नदिने भएको हो।
रास्वपाबाट कीर्तिपुरको मेयरमा जयराम कार्कीको नाम सिफारिस भएको थियो ।
कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







