एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नमिल्नेमा

news-details

नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन जग्गा दान गरेकोविरूद्ध परेको रिट हेर्न नमिल्नेमा राखिएको छ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा रहेको पेसी हेर्न नमिल्नेमा चढाइएको हो ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको थियो ।

अब अर्को इजलासले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनेरनदिने विषयमा टुंगो लगाउनेछ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया