सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त
- कार्तिक २५, २०८१
- 0
सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त भएका छन् ।
उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका हुन् ।
संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई आइतबार न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले उनीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







