कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ, आजै काठमाडौं ल्याउने तयारी

news-details

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले आज विराटनगरस्थित निवासबाटै पक्राउ गरेको हो । उनलाई आजै काठमाडौं ल्याइने बताइएको छ । उनले तीनजना व्यक्तिलाई जापान लगिदिने भन्दै रकम लिएको खुलेको थियो ।

उनी तीनजनालाई लिएर जापान पुगेपनि जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो । मानव तस्करी गरेको आरोप लागेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनलाई एमालेले पनि कारबाही गर्दै संगठित सदस्यबाट नै हटाइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया