प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान
- कार्तिक १८, २०८१
- 0
नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर बेलायत प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०को ९२औं महासभामा सहभागी हुन कुुँवर आइतबार बेलायत गएका हुन् ।
बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म सञ्चालन हुने महासभामा सबै १९६ सदस्य राष्ट्रका प्रतिनिधिहरू महत्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधानमा मतदानमा भाग लिनेछन् ।
महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठनबीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची तथा निजी संस्थाहरू बीचको सहकार्यलगायतमा छलफल हुनेछ ।
कुँवर बेलायत प्रस्थान गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले कार्यवाहक महानीरिक्षको जिम्मेवारी पाएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







