सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते
- कार्तिक १६, २०८१
- 0
नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मिनीट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
टोखा–छहरे सडकमा बिहीबार राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको ग्रिनसिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको बताइएको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार भएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







