सेवा लम्साललाई बेल्जियमका लागि राजदूत बनाउने प्रस्ताव संसदीय सुनुवाइ समितिबाट अनुमोदन
- कार्तिक १४, २०८१
- 0
सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्सालको नाम अनुमोदन गरेको हो ।
यसअघि आजको बैठकमा लम्सालले आफ्नो कार्ययोजना पेस गरेकी छन् । लम्सालले पेस गरेको कार्ययोजनामा आफ्नो नाम समितिबाट अनुमोदन भए दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने बताएकी थिइन् ।
साथै उनले पर्यटन प्रवर्द्धन, उच्च आय र मर्यादित रोजगारीका अवसरहरूको खोजी गर्ने आफ्नो प्राथमिकतामा हुने बताएकी थिइन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







