सभापति लामिछाने पक्राउ गरेको विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ।

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि नै रास्वपाले पोखरामा दिनुहँ प्रदर्शन गर्दै आएको थियो। सहकारी ठगीको आरोपमा लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो।

कास्कीको मात्रै आन्दोलनले खासै उपलब्धि नहुने र त्यहाँ सहकारी पीडितबाटै घेरिन थालेपछि रास्वपाका नेता कार्यकर्ता केन्द्रबाटै दबाब दिन भन्दै काठमाडौं केन्द्रित हुन थालेका हुन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया