रास्वपाको प्रदर्शनले प‍ोखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार

news-details

पोखरामा रास्वपा सभापति रवि लामिछाने पक्राउको विरुद्धमा रास्वपाका नेताकार्यकर्ताले गरेको विरोध प्रदर्शन झन चर्किएको छ।

लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कास्कीले आइतबार पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरेको थियो।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपा नेताकार्यकर्तालाई हटाउन खोज्दा प्रहरी र उनीहरुबीच धकेलाधकेल भएको छ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले सुरूमा पानीको फोहोरा प्रहार गरेको थियो भने पछि अश्रुग्यास हानेको हो ।

अश्रुग्यास प्रहारपछि प्रदर्शनकारी तितरबितर भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया