चिकित्सा शिक्षा आयोगको निर्देशनहरु लागू गर्नुपर्ने माग गर्दै केएमसीका विद्यार्थीहरु आन्दोलित
- कार्तिक १, २०८१
- 0
काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थीहरुले बिहीबार आन्दोलन गरेका छन् ।
चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरु लागू गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले व्यानरसहित आन्दोलन गरेका हुन् ।
आन्दोलनमा उनीहरुले केएमसी प्रशासक मुर्दावाद, हाम्रो पैसा फिर्ता गर लगायत नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।
विद्यार्थीहरुले आन्दोलनमा ईन्टर्नरशिप हो की श्रम शोषण हो भनेर समेत प्रश्न लेखिएको व्यानर देखाएर आन्दोलन गरेका हुन् ।
आन्दोलनमा विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनमा लागू भएको भन्दा बढि पैसा केएमसी प्रशासनले उठाएको भन्दै पैसा फिर्ता दिन माग गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







