गाउँ गएकाहरु फर्किन थाले, कोटेश्वरमा देखियो भीडभाड (तस्विरहरु)
- अशोज २९, २०८१
- 0
२०८१ सालको वडादशैंको सार्वजनिक विदा सकिएसँगै गाउँ गएकाहरु काठमाडौं फर्किनेक्रम शुरु भएको छ ।
पूर्वी नेपाललाई जोड्ने वीपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौं उत्रिनेहरुको भीड मंगलबार कोटेश्वरमा देखिएको छ ।
बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौं आउनेहरुको चाप बढेको छ । अरनिको राजमार्ग पनि सहज भएको छ ।
मंगलबारदेखि बडादशैंका लागि भनेर दिइएको पाँच दिनको सार्वजनिक बिदा सकिएसँगै काठमाडौं जोडने कलंकी र कोटेश्वरमा यात्रुहरुको चाप देखिएको हो । कोटेश्वर र जडिवुटी क्षेत्रमा सवारी जाम समेत सुरु भएको छ ।
पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना यात्रुहरु काठमाडौं उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले तथ्यांक छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]

















