पाँचखालमा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध
- अशोज २७, २०८१
- 0
पाँचखाल नगरपालिका ८ मा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ।
शनिवार राति करिब ९ बजेतिर आएको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत ५० किलोमा सडक पूर्णरूपमा अवरुद्ध भएको हो।
ट्राफिक प्रहरी पोस्ट पाँचखालका इन्चार्ज राम थापाले सुख्खा पहिरोका कारण राजमार्ग रातिदेखि अवरुद्ध भएको जानकारी दिए। अवरुद्ध राजमार्ग एकतर्फी खुलाउन पहिरो पन्छाउने काम भइरहेको उनले बताए।
राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधनको लाम लागेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







