दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

news-details

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०-५० हजार रूपैयाँ धरौटी मागेको हो । प्रसाईँले एक लाख रूपैयाँ धरौटी बुझाउनुपर्ने छ । साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक भएको हो ।

प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।

उनी ९ दिनअघि पक्राउ परेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया