रास्वपाले बोलायो आकस्मिक भेला, केन्द्रिय कार्यालयमा कार्यकर्ताहरुको भीड
- अशोज ६, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।
सभापति रवि लामिछानेका साझेदार पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा नेताहरू पार्टी कार्यालयमा भेला भएका हुन् ।
यद्यपि सभापति लामिछाने भने पार्टी कार्यालयमै छन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







