राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान
- अशोज ५, २०८१
- 0
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस युकेको निमन्त्रणामा युकेमा हुने विविध कार्यक्रममा सहभागी हुन उनी शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अध्यक्ष लिङ्देनले लन्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन्। साथै, विभिन्न नेपाली संघसंस्थाद्वारा आयोजना हुने स्वागत तथा नेपाली समुदायसँग हुने छलफलमा सहभागी हुने कार्यक्रम रहेको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा उनको धर्मपत्नी सीता थापा लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की सहभागी छन् । अध्यक्ष लिङ्देन असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







