आजदेखि इन्द्रजात्रा शुरु
- भदौ ३०, २०८१
- 0
काठमाडौं उपत्यकामा मनाइने मुख्य पर्व इन्द्रजात्रा आजदेखि शुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर नेवार समुदायले मनाउने इन्द्रजात्रा हनुमानढोकाको अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि शुरु भएको हो । इन्द्रध्वज उत्थानको शुभ साइत आज बिहान ८:२६ बजे रहेको थियो ।
भाद्र शुक्लपक्ष द्वादशीको दिन इन्द्रध्वज उत्थान गरि शुरु हुने इन्द्रजात्रा नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरि आठ दिनसम्म मनाइन्छ । यस बिच कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ ।
असोज १ गते इन्द्रजात्राको मुख्य दिन हो । यस दिन राष्ट्रप्रमुखले हनुमान ढोकाको गद्दी बैठकबाट गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले यस दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
असोज ५ गते भने निबार नानिचा यात्रासँगै राति १०:३१ बजेको साइतमा इन्द्रध्वज ढालेपछि जात्रा सकिन्छ । काठमाडौंकासाथै ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा पनि इन्द्रजात्रा धुमधामका साथ मनाउने गरिन्छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







