कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा सुरु

news-details

नेपाली कांग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

उक्त बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । हालै कांग्रेस उपसभापति धनराज गुरुङको नाम सहकारी ठगीमा जोडिएको छ ।

यस्तै उपसभामुख इन्दिरा रानाको विषयमा पनि बैठकमा छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया