प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूचि
- भदौ २५, २०८१
- 0
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ ।
दिउँसो एक बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।
मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







