माछा मार्न गएका दुई जना राप्ती नदीमा बेपत्ता

news-details

चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता भएका छन्।

शुक्रवार अपरान्ह तीन जना स्थानीय नदीमा प्रवेश गरेका थिए। उनीहरुमध्ये एक जना भेटिएका छन्।

इलाका प्रहरी कार्यालय पर्साढापका अनुसार भरतपुर महानगरपालिका –२५ का ४३ वर्षीय सञ्जिव चौधरी, वडा नम्बर २७ का ४५ वर्षीय सुकबहादुर परियार र २८ वर्षीय रोहितकुमार चौधरीलाई नदीले बगाएको थियो।

बगेको केहीबेरमा उत्रिएका रोहितकुमारले अन्य दुई जना साथीलाई जमुनाघाटबाट नदीले बगाएको जानकारी प्रहरीलाई दिएका थिए।

त्यही सूचनाको आधारमा हराएकाहरुको शुक्रबार रातिबाटै खोजी सुरु गरेको थियो।

निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका नेपाली सेना, स्थानीयबासीको टोलीले शनिवार पनि बिहानैबाट हात्ती र मोटरबोटबाट खोजी सुरु गरेका छन्।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया