राष्ट्रपतिद्वारा टीआरसी विधेयक प्रमाणीकरण, अमेरिकासहित १० देशले गरे स्वागत

news-details

राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणीकरण गरेका छन ।

यसअघि हिजो सभामुख देवराज घिमिरेले विधेयक प्रमाणित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।

राष्ट्रपतिले प्रमाणिकरण गरेसँग अब विधेयक नेपाल राजपत्रमा प्रकाशित हुने छ ।

विधेयक दुवै सदनबाट पारित भएकोमा अमेरिका, यूरोपियन युनियनसहित १० देशले स्वागत गरेका छन् । उनीहरुले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै स्वागत गरेका हुन् ।

संयुक्त व्यक्तव्य जारी गर्ने मुलुकहरू :

१. संयुक्त राज्य अमेरिका

२. स्विजरल्याण्ड

३. अस्ट्रेलिया

४. संयुक्त अधिराज्य बेलायत

५. नर्वे

६. जापान

७. फिनल्याण्ड

८. युरोपियन युनियन

९. जर्मनी

१०. फ्रान्स

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया