नेपालका पाण्डेलाई ‘वर्ल्ड पिस अवार्ड’
- भदौ ९, २०८१
- 0
स्वीडेनको राजधानी स्टकहोममा आयोजित वर्ल्ड पिस अवार्ड २०२४ मा नेपालको तर्फबाट कृष्ण पाण्डेले अवार्ड पाएका छन ।
बिश्व शान्ति, समाजसेवा तथा सामाजिक सुरक्षा जस्ता विधामा विश्वभरका प्रतिष्पर्धीहरुबीच भएको प्रतिस्पर्धामा अमेरिका, स्वीडेन, मंगोलिया, भारत, नेपाल, जर्मनी, फ्रान्स, जोर्डन, युके र मलेसिया गरि ११ देशका ११ जनाले सन २०२४ का लागि उक्त अवार्ड पाएका हुन ।
नेपालको तर्फबाट वर्ल्ड पिस एम्बेसडर अवार्ड पाउन सफल पाण्डे युनाईटेड ईकोनोमिक फोरम, एक्सप्लोर प्रोडक्टिव चेम्बर अफ कमर्स, एक्सप्लोर हेल्थकेयर प्रा लि, भेगानो डेली, तथा इपिसिसि ग्लोबल लि का सस्थापक अध्यक्ष हुन ।
स्टकहोम वर्ल्ड पिस स्वीडेन, वर्ल्ड पिस फाउन्डेसन तथा यस मातहतका विभिन्न देशमा रहेका वर्ल्ड पिस सस्थांहरुको सहभागितामा सम्पन्न उक्त अवार्ड विश्वभर प्रतिष्ठित अवार्डको रुपमा परिचित छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]









