यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ (फोटो फिचर)

news-details

उपत्यकाका व्यस्तमध्ये एक ललितपुरको ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

कोटेश्वर-कलंकी चक्रपथ अन्तर्गत ग्वार्को चोकमा २ वर्षअघिदेखि ‘फ्लाई ओभर’ निर्माण जारी छ ।

चक्रपथमा सवारी ट्राफिक घटाउने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ग्वार्को फ्लाईओभर २०८१ सम्म सम्पन्न गर्ने समयसीमा तोकेको छ ।

निर्माण कम्पनी आशीष–समानन्तर–रेलिगेरले २०७८ माघ २७ गते ‘फ्लाई ओभर’ निर्माणको ठेक्का पाएको थियो ।

सम्झौतामा काम सम्पन्न गर्न सक्ने अवधि दुई वर्ष थियो । चक्रपथ सडकखण्डमा ट्राफिक जाम नियन्त्रण र व्यवस्थापन सहज बनाउन सरकारले ग्वार्कोमा फ्लाई ओभरको योजना ल्याएको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया