रवि लामेछानेलाई सहकारी सम्वन्धी संसदीय विशेष समितिले बयानका लागि बोलायो
- भदौ ६, २०८१
- 0
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले भोलि रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग बयान लिने भएको छ ।
सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि बोलाइएको हो ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । उनलाई समितिले भोलि दिउँसो २ बजे बयानका लागि बोलाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







