बागमती खोलामा खसेर बंगलादेशी नागरिक बेपत्ता, गोताखोरले खोज्दै

news-details

काठमाडौंको सुन्दरीजलमा बंगलादेशी नागरिक बेपत्ता भएका छन्।

शनिबार गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बागमती खोलामा खसेर बंगलादेशी नागरिक बेपत्ता भएका हुन्।

खोलामा फोटो खिच्ने क्रममा ती व्यक्ति बेपत्ता भएको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बेपत्ताको खोजीका लागि आइतबार बिहान सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।

डिएसपी थापाका अनुसार ४ जना गोताखोरसहित १० जनाको टोली बेपत्ता व्यक्तिको खोजीका लागि परिचालन गरिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया