तीनवटा सहकारीका सञ्चालकको बयान आज
- भदौ १, २०८१
- 0
सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले शनिबार तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिने भएको छ।
समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आज धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक मान विश्वकर्मा ज्येष्ठ सहकारी संस्था लिमिटेड न्यूरोडका सञ्चालक मधुसुदन पाठक र कुमारी सहकारीका सञ्चालक सूर्यध्वज न्यौपानेसँग बयान लिने समितिका एक सदस्यले जानकारी दिए।
समितिले हालसम्म जेलमा रहेकासहित २१ जनाको बयान लिइसकेको जनाएको छ।
सम्बन्धित शीर्षकहरु










