सोलुखुम्बूको थामे गाउँमा भिषण बाढी, हिमताल फुटेको आशंका
- साउन ३२, २०८१
- 0
सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने हिम ताल फुटेकोले बाढी आएको आशंका गरिएको छ ।
बाढीले थामे गाउँमा ठूलो क्षती पुर्याएको छ। दुधकोशी तटीय आसपासमा बस्ने स्थानीयलाई सतर्कता अपनाएर सुरक्षित बस्न आग्रह गरिएको छ ।
हिम पहिरो हो या ताल फुटेको हो भन्ने विषय स्पष्ट नभएको स्थानीय प्रशासनले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







