वन्डर उमन र डिभाइन इनर्जीको ‘इन्डक्सन एण्ड इन्ष्टलेशन’ सेरेमोनी सम्पन
- साउन ३१, २०८१
- 0
काठमाडौं / लायन्स क्लब अफ काठमाडौं वन्डर उमन र डिभाइन इनर्जीले संयुक्त रुपमा इन्डक्सन एण्ड इन्ष्टलेशन सेरेमोनी सम्पन गरेका छन् ।
शनिबार नयाँ बानेश्वरस्थित इन्द्रेणी होटलमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता डिष्ट्रिक गभर्नर बिनोद ढुंगानाको रहेको थियो ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्षहरुले नयाँ कार्यसमितिहरुलाई पदभार ग्रहण गराउँदै आफ्नो कार्यकालमा भए गरेका गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए ।
लायन्स क्लब अफ काठमाडौं वन्डर उमनका निवर्तमान अध्यक्ष लायन सरस्वती कुवँर र डिभाइन इनर्जीका अध्यक्ष हेमलक्ष्मी श्रेष्ठले आफ्नो कार्यकालमा गरेका गतिविधि र सामाजिक कार्यहरुको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
लायन्स क्लब अफ काठमाडौं डिभाइन इनर्जीका निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा रक्तदान, निःशुल्क हेल्थक्याम्प, वृक्षरोपण, वृद्धाश्रममा भोजनको व्यवस्था, आँखा शिविरलगायतका विभिन्न सामाजिक कार्यहरु गर्न सफल भएको बताईन् ।
त्यस्तै वन्डर उमनका निवर्तमान अध्यक्ष कुवँरले आफ्नो कार्यकालमा रक्तदान, निशुल्क स्वास्थ्य शिविर, निशुल्क आँखा तथा दन्त शिविर संचालन गरेको, खाद्यन्न तथा लत्ताकपडा वितरण, बृक्षरोपण कार्यक्रम, बिद्यार्थीहहरुलाई नैतिक शिक्षा सम्बन्धि तालिम प्रदान साथै अन्य थुप्रै सामाजिक कार्यहरु गर्न सफल भएको बताईन् ।
त्यस्तै कार्यक्रममा फस्ट भाइस गभर्नर लायन पार्वती खरेलले वन्डर उमनले महिला स्वास्थ्यको क्षेत्रमा गरेको योगदानको प्रसंसा गरिन् । त्यस्तै डिभाइन इनर्जीले पनि विभिन्न सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रसंसा गरिन् । दुईवटै क्लवका निवर्तमान अध्यक्षहरुले आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गरेकोमा खुशी व्यक्त गरिन् ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर ढुगांनाले वन्डर उमन र डिभाइन इनर्जी डिष्ट्रिककै उत्कृष्ट क्लब रहन सफल भएको बताए । क्लबहरुले थुप्रै सामाजिक कार्यहरु गर्न सफल भएको उनले बताए ।
क्लबमा नयाँ सदस्यहहरु पनि जोडिन सफल भएको बताउँदै उनले सम्पुर्ण नयाँ सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
डिष्ट्रिकबाट थुप्रै सेवाका कार्यहरु गर्न सफल भएको बताउँदै उनले आगामी दिनहहरुमा ‘अपांगतासँग आत्मियता जोडौं’ भन्ने उद्देश्यका साथ अपांगता पहिचान शिविर संचालन गर्न लागेको जानकारी दिए । त्यहाँ अपांग भएका मानिसहरुलाई खोजेर उपचार समेत गर्ने र अन्य थुप्रै यस्ता सामाजिक कार्य गर्ने योजना रहेको उनले बताए ।
त्यस्तै कार्यक्रममा लायन्स क्लबका संस्थापक अध्यक्ष लायन मेघा तिमल्सिनाले आफ्नो क्लबका सम्पुर्ण सदस्यहरुको सक्रियताले नै क्लबले स्थापनाकालदेखि आजसम्म थुप्रै सामाजिक कार्यहरु गर्न सफल भएको बताइन् । साथै आगामी दिनहरुमा पनि यस्ता कार्यहरु निरन्तर गर्दै जाने प्रतिवद्धता जनाईन् ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं वन्डर उमनका अध्यक्ष लायन सुलेना श्रेष्ठ र डिभाइन इनर्जीका अध्यक्ष लायन सृजना राणाले यस वर्ष सम्पन्न गरेका कार्यहरुको विवरण र भाबी कार्ययोजनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्लबका नयाँ सदस्यहरुलाई सपथ ग्रहण गराईएको थियो ।
कार्यक्रममा ड्रिष्टिक फ्रष्ट लेडि लायन बद्रीका ढुंगाना, फस्ट भाइस ड्रिष्टिक गभर्नर लायन पार्वती खरेल, लायन इन्दु लम्साल, भाइस डिष्ट्रिक गभर्नर लायन सूर्य कुमार के।सी, लायन मान बहादुर रोक्का डिष्ट्रिक सेक्रेटरी लायन अम्रित प्रसाद तिवारी तथा क्याविनेटका सिनीयर लायन लिडरहरुको उपस्थिति रहेको थियो ।











