संसदीय समितिका दुई सभापति गैरे र न्यौपानेले गरे सपथ ग्रहण
- साउन ३१, २०८१
- 0
संसदीय सुनुवाई र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिहरुले सपथ ग्रहरण गरेका छन् ।
बिहीबार संसदीय सुनुवाईको सभापतिमा नेपाली काँग्रेसका सांसद इश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका थिए ।
उनीहरुले आजै कृषि समितिको हलमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गरेका हुन् ।
दुबै समितिको दिउसो बसेको छुट्टा छुट्टै बैठकमा दुबै समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







