सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
- साउन ३०, २०८१
- 0
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन ।
प्रदेशसभाको बैठकमा बुधबार भएको मतदानमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमतसहित विश्वासको मत प्राप्त गरेका हुन ।
५३ सदस्यीय प्रदेशसभामा मूख्यमन्त्री शाहको पक्षमा ३६ मत र विपक्षमा ८ मत परेको थियो । बुधबारको बैठकमा ४५ जना सांसद मात्रै उपस्थित भएका थिए ।
मुख्यमन्त्री शाहको पक्षमा काँग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरी ३६ मत परेको हो भने माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने गरेका थिए ।
यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहको प्रदेशसभाको यही कार्यकालमा दोस्रो पटक मुख्यमन्त्री बनेका हुन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







