‘प्रधानमन्त्रीले विद्युत लाइन जोड्न जस्तै महसुल उठाउन पनि निर्देशन दिनुपर्छ’ : रास्वपा

news-details

रास्वपा सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिएजस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यो हालत छ भने मिटर नभएका भन्सारमा के हालत हुन्छ भन्र्दै प्रश्न समेत गरे ।

उनले भने, ‘जसरी प्रधानमन्त्रीले विद्युत लाइन जोड्नको लागि निर्देशन दिनुभएको थियो। महशुल उठाउनको लागि त्यसैगरी निर्देशन दिनुप¥यो कहाँ कहाँ दिने हो ? मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यो हालत छ देशमा । मिटर नभएका भन्सार हेरौँ र मालपोत हेरौं त के छ हालत ?’

प्रतिपक्षले सदनमा उठाएको मुद्दा र भ्रष्टाचारको विषयलाई रोक्ने रवैया नदेखाउन आग्रह गरे।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया