मधेश प्रदेश सरकारका ८ राज्यमन्त्री बर्खास्त

news-details

मधेस प्रदेश सरकारका राज्यमन्त्री बर्खास्तीमा परेका छन्।

मुख्यमन्त्री सतिशकुुमार सिंहले आज ८ वटै राज्यमन्त्रीहरुलाई बर्खास्त गरेका हुन्। शुक्रबार मात्रै जनमत पार्टी केन्द्रले मुख्यमन्त्री सिंहलाई समन्वय नगरी मन्त्रालय बाँडफाँट गरेको भन्दै स्पष्टीकरण सोधेको थियो।

अनावश्यक राज्यमन्त्री थपिएको र मन्त्रीहरूको समय उद्घाटनमै बितिरहेको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

मुख्यमन्त्री सिंहले साउन २४ गते मन्त्रीपरिषद्लाई पूर्णता दिएका थिए।

२० सदस्यीय पुगेको मधेशको मन्त्रिपरिषद अब १२ सदस्यीय भएको छ । जसमा ११ मन्त्रालयमा १/१ जना मन्त्री र एक मुख्यमन्त्री छन् ।

मधेश सरकारमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह, मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्री छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया