लायन्स क्लब अफ काठमाडौंका ४ क्लवको ‘इन्डक्सन एण्ड इन्ष्टलेशन सेरेमोनी’ सम्पन्न
- साउन २७, २०८१
- 0
काठमाडौं / लायन्स क्लब अफ काठमाडौं जोन २७ अन्डर अन्तर्गतका ४ क्लबहरुले इन्डक्सन एण्ड इन्ष्टलेशन सेरेमोनी सम्पन्न गरेका छन् ।
बिहीबार काठमाडौंको बसुन्धरास्थित दियालो फुडल्याण्डमा आयोजित कार्यक्रम लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टर्स, रक्तदाता समुह, आस्थापुञ्ज र गोल्डेन हार्टको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख आतिथ्यता एलसिआईएफ एरिया लिडर लायन राजन लम्सालको रहेको थियो भने विशेष आतिथ्यता गभर्नर लायन बिनोद ढुगांनाको रहेको थियो । 
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्षहरुले नयाँ कार्यसमितिहरुलाई पदभार ग्रहण गराउँदै आफ्नो कार्यकालमा भए गरेका विभिन्न गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए ।
रञ्जना सिस्टर्सका निवर्तमान अध्यक्ष लायन एलिशा श्रेष्ठले आफ्नो कार्यकालमा रक्तदानका कार्यक्रम संचालन, वृक्षरोपण, खाद्यन्न वितरण, क्यान्सर पिडितलाई आर्थिक सहयोग गर्न सफल भएको, भुकम्प पिडितहरुलाई न्यानो कपडा वितरण, सिन्धुपाल्चोकमा निःशुल्क हेल्थ क्याम्प संचालन तथा अन्य थुप्रै सामाजिक कार्यहरु गर्न सफल भएको बताईन् ।
त्यस्तै रक्तदाता समुहका निवर्तमान अध्यक्ष चक्रबहादुर न्यौपानेले आफ्नो १ वर्षे कार्यकालमा ६ हजार पिन्टभन्दा माथि रगत संकलन र ८ हजार ५ सय पिन्टभन्दा माथि रगत व्यवस्थापन गर्न सफल भएको बताए । बालबालिकाको क्षेत्रमा पनि उत्तिकै उल्लेखनीय कार्य गरेको बताउँदै उनले गुल्मीका जन्मजात मलद्धार नभएका बालकको वन्डर उमनसँग सहकार्य गरेर पुर्ण शल्यक्रिया गरि उपचार गर्न सफल भएको बताए ।
जाजरकोटका भुकम्पपिडितलाई राहतस्वरुप १० हजार रुपैया र ४ लाख ५० हजार रुपैया बराबरको राहत सामाग्री वितरण गरेको जानकारी दिए ।
वृक्षरोपण, ह्विलचेयर वितरण, आर्थिक सहयोग , खाद्यन्न, लत्ताकपडा सहयोग निशुल्क रगत वितरण, आगलागिमा परेका घरपरिवारलाई राहतस्वरुप १५ हजार रुपैया सहयोग, गंगालाल अस्पतालमा उपचाररत झापाका बिरामीलाई २२ हजार ५ सय रुपैया सहयोग, टिकापुरका बिरामीलाई ७ हजार ५ सय रुपैया सहयोग, चितवनका बिरामीलाई १० हजार रुपैया सहयोग गरेको निवर्तमान अध्यक्ष न्यौपानेले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एलसिआईएफ एरिया लिडर लम्सालले सबै क्लबहरुले आफ्नो कार्यकालमा एकदमै उत्कृष्ट कार्यहरु गरेको बताए । क्लबका संस्थापक अध्यक्षहरुले गरेको योगदानको समेत उनले चर्चा गरेका थिए । साथै आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिदै जान समेत आग्रह गरेका थिए ।
कार्यक्रममा नयाँ कार्यसमितिलाई पदस्थापना गराउँदै गभर्नर ढुगांनाले क्लबहरुले गरेको कार्यको प्रशंसा गरे । क्लबमा थुप्रै नयाँ सदस्यहहरु जोडिन सफल भएको बताउँदै उनले सम्पुर्ण नयाँ सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
डिष्ट्रिकबाट थुप्रै सेवाका कार्यहरु गर्न सफल भएको बताउँदै उनले आगामी दिनहहरुमा ‘अपांगतासँग आत्मियता जोडौं’ भन्ने उद्देश्यका साथ अपांगता पहिचान शिविर संचालन गर्न लागेको जानकारी दिए । त्यहाँ अपांग भएका मानिसहरुलाई खोजेर उपचार समेत गर्ने र अन्य थुप्रै यस्ता सामाजिक कार्य गर्ने योजना रहेको उनले बताए ।
कार्यक्रममा क्लबका वर्तमान प्रेसिडेन्टहरु लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टर्सकी लायन कल्पना श्रेष्ठ र रक्तदाता समुहका लायन श्याम सुन्दर मकाजु, त्यस्तै चार्टर प्रेसिडेन्ट आस्थापुञ्जकी लायन पार्वती भट्ट र गोल्डेन हर्टका लायन सुवास खत्रीले पदभार तथा सपथ ग्रहण गर्दै भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ड्रिष्टिक गभर्नर २०२३–२०२४ लायन चन्द्र कुमार केसी, ड्रिष्टिक फ्रष्ट लेडि लायन बद्रीका ढुंगाना, फस्ट भाइस ड्रिष्टिक गभर्नर लायन पार्वती खरेल, लायन इन्दु लम्साल, लायन मान बहादुर रोक्काको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिबाट नयाँ कार्यसमितिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने क्लबका बेष्ट मेम्बरहरुलाई लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टर्सका संस्थापक अध्यक्ष लायन बिना श्रेष्ठले मायाको चिनो प्रदान गरेकी थिईन् ।











