कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने
- साउन २५, २०८१
- 0
नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले २३ गतेदेखि चलेको केन्द्रीय समितिको बैठकमा सदस्यहरुको धारणा राख्नेक्रम जारी रहेको बताएका छन् ।
शुक्रबार बैठकपश्चात उनले बैठकको सुरुको दिनमा प्रस्तुत भएका विषयहरुमाथि धारणा राख्ने काम जारी रहेको जानकारी दिएका हुन् ।
उनले भने, ‘नेपाली काङ्ग्रेसको २३ गतेदेखि चलेको केन्द्रीय समितिको बैठकमा सुरुको दिनमा पदाधिकारीहरुको तर्फबाट महासमितिका प्रस्तावहरु जुन परिमार्जनसहति पास गर्नुपर्ने थियो त्यो प्रस्तुत भयो । साथै अन्य समसामयिक विषयवस्तु र संगठन परिचालन सम्बन्धी विषयहरु पनि प्रस्तुत भयो । यसमाथि आफ्नो धारणा राख्ने क्रम जारी छ ।’
यसको साथै, साउन २८ गतेसम्ममा बैठक सकाउने तयारी रहेको पनि उनको भनाई छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







