एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
news-details

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित गुर्जेमा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको बताइएको छ । चालकसहित कुल ५ जना सवारमध्ये दुर्घटनामा दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले पहिचान हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरुसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएका थिए ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए । उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बस्ने तयारी भएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया