मकवानपुरको सिस्नेरीमा सुमो दुर्घटना, १० जना घाइते
- साउन १९, २०८१
- 0
मकवानपुरको सिस्नेरीमा यात्रुबाहक सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
शनिबार बिहान काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०३६२ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीकाअनुसार सुमो आफै अनियन्त्रित भई सडकको नालामा पल्टिएको हो । दुर्घटनामा सुमो चालकसहित १० जना घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी भण्डारीले बताए ।
घाइतेहरुलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







