तीनवटा संसदीय समितिको बैठक बस्दै
- साउन १८, २०८१
- 0
संघीय संसद अन्तर्गत शुक्रबार तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।
संघीय संसद सचिवालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसदैछ ।
अर्थ समितिमा आज राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गरिने छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । उक्त बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल गरिने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी, बिहान ११ बजेका लागि बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको गत आर्थिक वर्ष २०८०/०८१ को बार्षिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







