बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

news-details

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको मत पाएका छन्।

मुख्यमन्त्रीले मंगलबार प्रदेश सभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्तावका पक्षमा बहुमत सांसदहरूले मत दिएका हुन्।

मुख्यमन्त्रीको प्रस्तावका पक्षमा ६४ मत, विपक्षमा ३५ र तटस्थमा ३ मत परेको सभामुख भुवनकुमार पाठकले बताए।

बागमतीमा नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएका हुन्। कांग्रेस संसदीय दल नेता तामाङ एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया