पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्धामा दोषी ठहर

news-details

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहर भएका छन । सर्वोच्च अदालतले आज उनलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको हो ।

अदालतले उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद फैसला पनि सुनाएको छ ।

विशेष अदालतको फैसलालाई उल्टाउँदै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीलगायत उहाँका परिवारका सदस्यविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० पुस १८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया