बागमतीका मुख्यमन्त्री लामाले साउन १५ मा विश्वासको मत लिने

news-details

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन ।

साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका हुन् ।

उनको पत्र अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका छन् ।

साउन १२ मा एक विना विभागीय मन्त्रीसहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया