गोरखामा पहिरोले पुरिएर ५ जना बेपत्ता

news-details

गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एक पुरिँदा ५ जना बेपत्ता भएका छन्।

आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

अन्य दुई जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ । उद्धार हुनेमा सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङ रहेका छन् ।

तस्वीर : सुशील गुरुङ

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया