जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
- साउन १२, २०८१
- 0
जनता समाजवादी पार्टी, नेपालको नवगठीत केन्द्रीय समितिको बैठक श्रावण २७, २८, २९ र ३० गते बस्ने भएको छ ।
उक्त बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमापार्टीले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरिने छ ।
त्यस्तै वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीतितथा सम्बन्ध लगायतका विषयहरूमा अभिमुखीकरणका साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्य योजना तथा कार्यक्रम लगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय गर्ने जनाइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







