तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु, अर्का बालक बेपत्ता

news-details

बुटवलको तिनाउ नदिमा बगरे एक बालकको ज्यान गएको छ भने एक बालक बेपत्ता भएका छन्।

शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं ११ सृजना नगरमा रहेका आफन्त भेट्न आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा बगेको बुटवल उपपमहानगरपालिका वडा नं ११ का सदस्य नकुल शाहीले बताए।

आफ्नी आमासँग सानी आमाको घरमा आएका बरेङ गाउँपालिका वडा नं ४ बाग्लुङ घर भई सृजनानगर बस्ने १२ वर्षीय विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदीमा पौडी खेल्न गएका ३ जना मध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खबर गरेका थिए। तिनाउ नदीमा बगेका दुवै बालक दिदी-बहिनीका छोराहरु हुन्।

१२ वर्षीय विवशको शव पौडी खेलेको स्थानभन्दा केही तल मृत अवस्थामा नदिमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले बताए।

पण्डितका अनुसार नदीमा हराइरहेका विप्रन पाण्डेको खोजी भइरहेको छ। अहिले प्रहरी टोली र स्थानीय बासिन्दाले हराएका बालकको खोजी गरिरहेको पण्डितले जानकारी दिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया