कोशीमा सरकारबाट बाहिरियो माओवादी, तत्काल सरकारमाथिको समर्थन भने फिर्ता नलिने
- साउन ११, २०८१
- 0
कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । कोशीमा एकजना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्री थिए ।
भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की, पर्यटनमन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।
मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले तत्काल कार्की सरकारमाथिको समर्थन फिर्ता नलिने भएको छ । आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका नेता इन्द्रबहादुर आङ्वोले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







