कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन
- साउन ११, २०८१
- 0
कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।
मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत नगरप्रमुख नकर्मीको गएराति निधन भएको नगरउपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन ।
उनका अनुसार नकर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ देखि ११ बजेसम्म नगरपालिकाको कार्यालयमा राखिनेछ ।
गत साउन २ गतेदेखि स्वास्थ्यमा समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि उहाँले साउन १ गतेदेखि नै नगरउपप्रमुख शाक्यलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएका थिए ।
नकर्मी नेपाली कांग्रेसबाट कीर्तिपुरको नगरप्रमुखमा निर्वाचित भएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







