पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला, योजना आयोगको उपाध्यक्षमा डा.अधिकारी नियुक्त
- साउन १०, २०८१
- 0
नेपाल सरकारका कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्ति गर्ने निर्णय भएको छ ।
विहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।
यस्तै, उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई मनोनयन गरेको पनि जानकारी दिएका छन् ।
उनले भने, ‘राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई मनोनयन गरेको छ जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. शिवराज अधिकारी पाल्पा, सदस्यहरूमा डा .आरती विसार महोतरी, डा. रमेश प्रसाद सिंह धनुषा, डा.प्रकाश कुमार श्रेष्ठ अर्घाखाँची, श्रीमती गिता कुमारी पौडेल अधिकारी झापा, डा.जय बहादुर टण्डन अर्घाखाँची, गंगादत्त अवस्थी दार्चुलालाई नियुक्त गर्ने निर्णय गरेको ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







