संसदीय सुनुवाइ समितिमा निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको गोप्य सुनुवाइ
- साउन ९, २०८१
- 0
संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका लागि प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानसँग भावी योजना र उजुरीहरूका बारेमा गोप्य रुपमा सुनुवाइ गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो । प्रधानले आफ्नो भावी योजना सम्बन्धि अवधारणा तथा कार्ययोजना प्रस्तुत गरेपछि सवाल जवाफ सुरु भएको थियो ,तर सवाल जवाफमा पत्रकारहरुलाई भने निकालिएको छ ।
सुरुमा पत्रकारहरुलाई पनि सहभागी गराइएको थियो तर प्रधानले प्रस्तुती सुनाएपछि सवालजवाफमा पत्रकारलाई नराख्ने निर्णय भएको सुनाइयो । प्रस्तावित आयुक्त प्रधानविरुद्ध यौन शोषणको उजुरी परेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







